युवा संघ नेपाल भिमादको १०१ सदस्यीय नगर कमिटि गठन

  • ख-
  • ख+

तनहूँ । युवा संघ नेपाल भिमाद नगर कमिटिको बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य दधिराज सुबेदि को प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न भएको थियो । उक्त भेलाले भिमाद नगर कमिटीको ३३ सदस्यीय सचिवालय समिति गठन गरेको छ । समितिको अध्यक्षमा माधब थापा, उपाध्यक्ष शिब आले, सचिब दर्शन थापा, सहसचिबमा निशेश खड्का, कोषाध्यक्ष सन्तोष थापा सहित ६८ सदस्य सहित १०१ सदस्यीय नगर कमिटि गठन गरेको छ ।

उक्त अवसरमा भिमाद नगरपालिकाका प्रमुख मेख बहादुर थापा, नेकपा एमाले तनहूँका कार्यालय सचिव राजेश्वर ढकाल, युवासंघका केन्द्रिय सचिवालय सदस्य उज्वल खनाल , युवा संघका केन्द्रिय सदस्य माधब अधिकारी , मदन तिमल्सेना, भिमाद नगरपालिका सदस्य राजु खनाल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्