ऋषिङ्गमा रास्ट्रिय युवा संघ नेपालको संयोजकमा गिरी चयन

  • ख-
  • ख+

तनहूँ । तनहूँ ऋसिङ्ग गाउँपालिकामा रास्ट्रीय युवा संघ नेपालको बृहत कार्यकर्ता सम्पन्न भएको छ उक्त भेलाबाट आशिष गिरीको संयोजकत्वमा २५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । त्यसैगरि सह संयोजक रोसन गुरुगं र सचिब अमीर रानाभाट उक्त भेलाले चयन गरेको छ ।
उक्त भेलाबाट नै ऋषिगं गाउँपालिकाका विभिन्न वडा वडा संयोजक र सह संयोजक पनि चयन गरिएको छ । कार्यक्रममा नेकपा एमालेका नेता हरिराज कडेल, मुक्ति तिमल्सेना, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तिर्थ खनाल, ईश्वर श्रेष्ठ , युवा नेता आशिष गिरी, पदम खाड लागएतको उपस्थिति रहेको थियो ।
गाउँपालिकाको संयोजक चयन पश्चात प्रतिक्रिया दिदै गिरीले ऋषिगं गाउँपालिकालाई विकासमुखी बनाउन र युवाहरुको समस्यालाई सामाधान गर्ने तर्फ अगाडि बढ्न आफ्नो कमिटीले काम गर्ने बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्