भिमादमा ६५ दिने सिलाई कटाइ तालिम सम्पन्नः तालिम जिवन उपयोगी हुने विश्वास

  • ख-
  • ख+

तनहूँ । भिमाद नगरपालिका वडा नं. ५ ऋषिगं पाटनमा सिलाई कटाई तालिमको समापन गरिएको छ । तनहूँ प्राविधिक शिक्षालयको आयोजनामा भएको कार्यक्रममा तनहूँ हाईड्रो पावर लिमिटेडका निर्देशक अच्युत घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त अवसरमा प्रमुख अतिथि घिमिरेले तालिममा सहभागीहरु महिलाहरुलाई प्रमाणपत्र प्रदान गर्दै जिविकोआर्जनमा सहज बनाउने उद्धेश्यले तालिम प्रदान गरिएको हुनाले त्यसलाई सहि सदुपयोग गर्न आग्रह गर्नुभएको थियो ।
शिक्षालयका प्रमुख परशुराम खनालको सभापतित्वमा भएको कार्यक्रममा तनहूँ हाईड्रो पावर लिमिटेडका सहायक अधिकृत भोला खनाल, जन सम्पर्क अधिकृत उत्तम न्यौपाने, लैगिंक समानता तथा सामाजिक समावेशिकरण लैगिंक हिंसा लैगिंक समानता तथा समावेशिकरण लैगिंक हिंसा सहायक प्रीति श्रेष्ठ, प्रशासन सहायक आशा सारु मगर लगायका महानुभावहरुको सहभागिता रहेको थियो ।
उक्त तालिम समापन कार्यक्रममा तालिममा सहभागी भएका महिलाहरुलाई एक एक वटा सिलाई मेसिन प्रदान गरिएको थियो ।
तनहूँ हाईड्रोपावर लिमिटेडको सहयोगमा संचालित उक्त ६५ दिने सिलाई कटाइ तालिममा हाईड्रोबाट प्रभावित एरियाका २० जना महिलाहरुको सहभागिता रहेको थियो ।
उक्त समापन कार्यक्रमको संचालन तनहूँ हाईड्रोपावर लिमिटेडका जिविकोपार्जन विज्ञ दिपेन्द्रराज शाहीले संचालन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्