डुम्रेका सुनचाँदी व्यवसायीद्धारा प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  • ख-
  • ख+

तनहूँ । सुन चाँदी व्यवसायी संघ डुम्रेले इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

आज एक कार्यक्रमका बीच आम नेपाली जनताको शान्ति सुरक्षाका लागी फ्रन्ट लाईनमा खटीनुहुने सुरक्षाकर्मीलाई सहतापूर्वक काम गर्न आवश्यक स्वस्थ्य सामाग्री वितरण गरिएको हो। तनहुँ सुन चादि व्यवसायी संघ, डुम्रे बजार ईकाइका अध्यक्ष भीम बहादुर गौतमले प्रहरी कार्यालय डुम्रेमा पुगेर भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषाललाई स्वास्थ्य सामाग्रीहरु फेस शिल्ड ३८ थान, सर्जिकल मास्क १ पोका, ५०० एम एल सेनिटाइजर २ थान हस्तान्तरण गर्नुभएको थियो।

उक्त कार्यक्रममा अध्यक्ष गौतमले प्रहरीहरु अग्र पङ्तीमा रहेर काम गर्नुपर्ने र उनीहरू सुरक्षित भए आम नागरीकले शान्ति सुरक्षाको व्यवस्था महसुस गर्न पाउने बताउनुभयो। फ्रान्टलाइनमा रहेर काम गर्ने प्रहरीहरुलाई सुन चाँदी व्यवसायीहरुले हामी पनि कोविड १९ सँगको लडाईमा सँगै छौ भन्ने संदेश दिएको र यस्तो सहकार्यले आगामी दिनमा एकआपसमा सम्बन्ध विस्तार हुँदै जाने वताउनुभयो। सुनचाँदी व्यवसायी तथा तनहुँ उद्योग वाणिज्य संघ डुम्रे इकाईका उपसभापति हेमलाल भी केले अन्य ठाउँमा कोबिडको स्थिति भयावह अवस्था रहेपनि यस क्षेत्रमा त्यस्तो अवस्थामा नरहेको भन्दै स्वस्थ्य सुरक्षाका मापदण्ड हरु पूरा गरेर व्यापार व्यवसाय संचालन गर्ने तर्फ इकाई लागेको बताउनुभयो।

कार्यक्रममा सुनचाँदी व्यवसायी संघ डुम्रे इकाईका पदाधिकारीहरु , ब्यबसायी र प्रहरी लगाएतको उपस्थिति रहेको इकाईका सदस्य रोहित बि.क.ले जानकारी दिनुभयो । (छिम्केश्वरी एफ् एम्, डुम्रे)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्