डुम्रेका युवाहरुद्धारा राहत वितरण

  • ख-
  • ख+

प्रीति श्रेष्ठ । तनहु । राष्ट्रिय युवा संघ बन्दिपुर गाउँपालिका वडा नम्बर १, डुम्रे टोलबिकास संस्था र खहरे बिरुवा डुम्रे टोल बिकास संस्थाका सदस्य र डुम्रेका समाजसेवी युवाहरुले राहत वितरण गरेका छन्। विजया दशमीको अवसरमा सकारात्मक सोचका साथ कोरोनाको महामारीको बिच मनाईदै गरेको दशैमा सन्तान नभएका, आम्दानी स्रोत नभएका बृद्ध,अपांग र असक्तहरुलाई खुशीका साथ दशै मनाउन सकुन् भन्ने मनसायले महानवमीको अवसरमा ३५ जनालाई चामल १० केजी, मासु १ केजी नुन १ केजी, तेल १ पोका र जम्बो कोक १.५ लिटर वितरण गरिएको छ।

नेपालीहरुको महान चाड विजयादशमी जस्तो चाडमा अरुले खाएको हेरेर बस्नु नपरोस् र घर घरमा माग्दै हिड्नु नपरोस् भनेर मनकारी मान्छेहरु मिलेर यसप्रकारको कार्यक्रम आयोजना गरेको डुम्रे टोल बिकास संस्थाका अध्यक्ष एवं समाजसेवी भगवान् श्रेष्ठले बताउनुभएको थियो । डुम्रेक्षेत्रका नेकपा समर्थित युवाहरुले दशैको मुखमा राहत वितरण कार्यक्रम राखेर आफुहरुलाई परिवारहरुसगै बसेर खुशी साथ दशै मनाउने अवसर प्रदान गरेकोमा राहत पाउनेहरुले खुशी व्यक्त गरेका थिए ।

नेपाल राष्ट्रिय युवा संगठन तनहुँ जिल्ला सचिव तथा डुम्रे टोलबिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ, युवा व्यवसायी तथा राष्ट्रिय युवा संघ तनहुका सदस्य कैलाश श्रेष्ठ, अपांग सरोकार समिति बन्दिपुरका कृष्ण थापा, खहरे बिरुवा डुम्रे टोल बिकास संस्थाका अध्यक्ष एंव नेकपा बन्दिपुर सचिवालय सदस्य राजु खड्गी , समाजसेवी डा शेखर कायस्थ, समाजसेवी नेकपा सदस्य मनोज कायस्थ, समाजसेवी तथा व्यवसायी अन्जिर प्रधान, समाजसेवी नेकपा पुर्व क्षेत्रिय इन्चार्ज भिम बहादुर गौतम, समाजसेबी तथा व्यवसायी राजकुमार श्रेष्ठ, सुमन पिया, यातायात व्यवसायी सुजन श्रेष्ठ, डुम्रे टोल बिकास संस्थाका सदस्य सुरज श्रेष्ठ, सुमन श्रेष्ठ, नेकपाका भीम बहादुर गौतम पत्रकारहरु डिपि अधिकारी र शिबकुमार श्रेष्ठ र व्यवसायी दया सुनार, आशिष जोशी, डिलकुमार श्रेष्ठ,दिक्पाल श्रेष्ठ,रोहित बि.क.ले उनीहरूहरुलाई राहत वितरण गर्दै खुशी साथ दशै मनाउन र केहि गारो परेमा आयोजकहरुलाई सम्पर्क राख्न आग्रह गर्नुभएको थियो ।

राष्ट्रिय युवा संघ बन्दिपुर गाउँपालिका वडा नम्बर १, डुम्रे टोलबिकास संस्था र खहरे बिरुवा डुम्रे टोल बिकास संस्थामा आवद्ध , नेकपा सर्मथित र सामाजिक कार्यमा सक्रिय युवाहरुले गरेको यस कार्यलाई यसक्षेत्रका मानिसहरुले पुण्य कार्यको रुपमा लिएका छन् ।

https://www.facebook.com/kailash.shrestha.127/videos/10217810967405966

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्