काठमाण्डौ । तनहूँ जिल्ला व्यास नगरपालिका घरभर्ई काठमाडौं जिल्ला, बसुन्धरा निवासी श्रीमती अञ्जु गिरी क्षेत्रीले प्रजातन्त्रका सेनानी आफ्ना पिता स्वर्गिय शंकर गिरीको पुण्यतिथीकोे अवसरमा बा आमाघरमा आर्थिक सहयोग गर्नुभएको छ । अन्जुले आफ्ना पिताको पुण्यतिथिको अवसरमा काठमाण्डौ जिल्ला कीर्तिपुर नगरापलिका वडा नं. ९ मा रहेको उज्जल फाउण्डेशनद्धारा संचालीत बा आमाघरमा बस्नुहुने बा आमाहरुलाई भोजन खुवाउन र अन्य आवश्यक औषधि उपचार सहयोगको लागी १० हजार सहयोग गर्नुभएको हो । उक्त अवसरमा वहाँले उक्त घरमा आश्रय लिनुहुने बा आमाहरुको लागी टि सर्ट, म्याक्सी, फलफूलहरु पनि प्रदान गर्नुभएके थियो । स्वर्गवासी आफ्ना पिताको पुण्यतिथीमा यसरी यस्तो फाउण्डेशनमा आश्रय लिनभएक आमाबुबालाई सहयोग गर्न पाउदा मन ज्यादै आनन्दित भएको उक्त अवसरमा अन्जुले बताउनुभएके थियो । फाउण्डेशनलाई सम्झेर सहयोग गरेकोमा फाउण्डेशनका सदस्यहरुले उहाँले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सामाजिक सेवामा रुचि राख्ने अन्जुले समय समयमा विपन्न, असहाय, अपांग, गरिब , निमुखा, दिर्घरोगीहरुलाई आर्थिक सहयोग गरिरहनुभएको छ ।