बाल संगठनका अध्यक्षको पदस्थापन

  • ख-
  • ख+

तनहूँ / बाल संगठन तनहूँको अध्यक्ष पदमा मनोनित हुनुभएका डम्बरदेव कैनीको शुक्रवार तनहूँको दमौलीमा एक कार्यक्रमको आयोजना गरि पदस्थापन गरियो । उक्त कार्यक्रमका प्रमुख अतिथि सांसद केदार सिग्देल रहनुभएको थियो । प्रमुख जिल्ला अधिकारी सागर आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल, व्यास नगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराम सिग्देल, नेकपा तनहूँका सचिव राजेन्द्रकेशरी न्यौपाने, नेकपा व्यास नगरका सचिव रामचन्द्र सापकोटा लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो उक्त कार्यक्रममा प्रमुख अतिथि सांसद सिग्देलले लामो समयसम्म शिक्षाक्षेत्रमा आर्जेको अनुभवलाई बाल संगठनमा लगाएर कैनीले सुधार गर्नुका साथै असहाय बालबालिकाको क्षेत्रमा बिशेष कार्य गर्ने नेपाल सरकारले आशा राखेको बताउनुभएको थियो । नवनियुक्त अध्यक्ष कैनीले समाजमा देखिने गरि काम गर्ने आफ्नो प्रयास रहनुभएको थियो ।
लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान पुर्याउनु भएका डम्बरदेव कैनी व्यास नगरपालिका वडा नं. ३ को बासिन्दा हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्