विवादका बिच रामचन्द्र पौडेलद्धारा तनहूँमा पुल उद्घाटन : स्थानिय निकायले क्षेत्राधिकार मिचेको आरोप

  • ख-
  • ख+

तनहूँ । १६ मंसिर । भौतिक तथा पूर्वाधार बिकास मन्त्रालयबाट १० करोड , ७१ लाख २ सय ७८ रुपैयाँको लागतमा तनहूँ जिल्लाको व्यास नगरपालिका वडा नं १३ र रिसिगं गाउँपालिका वडा नं ३ जोड्ने १ सय ५ मिटर लामो बुद्धसिं मार्गको पुल नेपाली काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलवार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।
तनहूँको दक्षिणी भेग जोड्ने सुडेको पुल भनिने पुल उदघाटन गर्दै वहाँले पुल निर्माणले तनहूँको दक्षिणी भेगका जनतालाई सुविधा हुने बताउनुभएको थियो ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकुष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदस्य झुलबहादुर आले , प्रदेश सांसदद्धय डोवाटे विवकर्मा , सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने , आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा , जिल्ला समन्वय समिति तनहूँकी उपप्रमुख पवित्रा पौडेल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
पुल उदघाटनको बिषयलाई लिएर तनहूँमा सत्तासिन नेकपा र नेपाली कांग्रेस बिच विवाद भएको छ । भौतिक मन्त्रालयबाट निर्माण भएको पुललाई नेपाली कांग्रेसले अनावश्यक राजनिति गरेर नेपाली कांग्रेसका वरिष्ठ नेताबाट उद्घाटन गरेर बिकास गराएको देखाउन खोजेको नेकपाका नेताहरुले आरोप लगाउनुभएको छ ।
त्यसैगरि सडक डिभिजन कार्यालय तनहूँका प्रमुख अमित श्रेष्ठसग सम्पर्क गर्दा ” यो त अरुले बनाएको घरमा कसैले म घर सर्दैछु भनेर निम्तो गरे जस्तो भयो नि भौतिक योजना मन्त्रालयका सचिवले पत्र काटेर निम्ता गरेर उदघाटन गर्नुपर्ने पुल हामीलाई नै उदघाटनको एक दिन अगाडि व्यास नगरपालिकाले निम्ता पठाएर उदघाटन गर्नु क्षेत्राधिकार मिच्नु त आपत्तीजनक छ ” भन्नुभएको थियो साथै वहाँले “हामीले बनाएको पुल हामीले उद्घाटनमा वहाँहरुलाई निम्त्याउन पाएको भए राम्रो हुन्थ्यो खै के गर्न खोज्नुभा हो मैले त केहि बुझिन । ” यस बिषयमा सम्पर्क गर्न खोज्दा नेकपा तथा नेपाली कांग्रेसका जिल्ला नेता सम्पर्कमा आउनुभएन ।

(तस्विर डम्बर अधिकारीको फेसबुक वालबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्