काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ । नयाँ अध्यक्ष माधवकुमार नेपाल बन्नेछन् ।
प्रचण्ड–माधव समूह पक्षीय केन्द्रीय सदस्यहरुको बैठक अगाडि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई बनाउने निर्णय गरेको छ । पार्टीको विधान अनुसार प्रचण्डसँगै नेपालले आलोपालो अध्यक्षता गर्नेछन् ।
महासचिव भने तोकिएको छैन । विष्णु पौडेल अध्यक्ष ओली समूहले बोलाएको बैठकमा गएका कारण माईन्युट हुन सकेको छैन वहाँ अनुपस्थित भए अध्यक्षले मान्युईट उठाउनुहुनेछ । प्रचण्ड–माधव समूहका नेताहरुले महासचिव पौडेल पनि बैठकमा आउने अपेक्षा गरिएको बताउनुभएको छ । केपी पक्षका नवनियुक्त पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले पहिलो रोलक्रमका पार्टी अध्यक्ष र महासचिव महासचिव बिना बसेको भेला पनि पार्टीको भेला हुन्छ भनेर प्रतिक्रिया दिनुभएको छ भने धेरै बुद्धिजिवीहरुले लामो समयसम्म पार्टीको बागडोर सम्हालेका नेता नेपालको अध्यक्ष पदमा जाने चाहनाले गर्दा पार्टी फुटेको बताएका छन् ।








