थर्पु घुम्तिका सुमन १० दिनदेखी वेपत्ता

  • ख-
  • ख+

तनहूँ । म्याग्दे गाँउपालिका वडा नं ४, घुम्ति निवासी २४ वर्षिय सुमन श्रेष्ठ माघ १० गते देखि वेपत्ता भएका छन् । सुस्तमनस्थितीका सुमन १० दिनदेखि वेपत्ता भएको निजको वुवा राम प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । सधैजसो दमौली गएर घर फर्कने गरेका सुमन माघ ९ गते देखि नआएको र खोजीको लागी काठमाण्डौ, चितवन पुगेता पनि पत्ता नलाग्दा दुखी छु, छोरा खोजीका लागी प्रहरी कार्यलयमा जाहेरी दिएपनि कुनै खवर नआएको हुदाँ धेरै चिन्तित भएको रामप्रसादको भनाई रहेको छ । सुमनको आमा उमादेवी छोराको पिरले भावव्हिल वनेर वेहोस जस्तो छ । छोराको जीवनरक्षाको लागी सबैमा अनुरोध गर्दछु, निजको बुबा रामप्रसादले बताउनुभएको थियो ।
बिहान बेलुका नै छोराले दवाई खानुपर्ने थियो । छोराको उपचारको लागी धेरै ठाँउमा लगियो । तर सुधार भएन । छोराले मान्छे चिन्ने भएता पनि कहिलेकाँहि भुल्ने समस्या थियो । छोरालाई छिमेकलाई काठमाण्डौमा भेटेको भएता पनि आउने बेलामा छोरा वेपत्ता भएकोले छोरालाई केही भएको चिन्ताले सताएको छ, वुवा रामप्रसादले भने ।
करिव ५ फुट ४ ईन्चका अग्ला सुमनले दुवै हातमा गेडा भएको डोरी बाँधेका छन् । सुमन रामप्रसादका माईलो छोरा हुन् । बुबा रामप्रसादले छोरा भेटिएका जिल्ला प्रहरी कार्यालय तनहूँ र थर्पुमा सम्पर्कका लागी अनुरोध गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्