पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

  • ख-
  • ख+

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा दुर्घटनामा परेको हो।

मृतकमध्ये दुई महिला र एक पुरुष रहेका छन् । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले बताए ।

उनका अनुसार दुर्घनाग्रस्त जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ। दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्न बांकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी थापाले बताए ।

दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?