दमौलीका पाण्डे परिवारद्धारा शिव पान्चायन मा बि.मा १,११,१११ रुपैयाको अक्षयकोष स्थापना

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ३ देउराली नगर निवासी सावित्रीदेवी पाण्डे परिवारद्धारा ब्यास ३ देउरालीनगर कै शिव पान्चायन मा बि. मा १,११,१११ (अक्षेरुपि एकलाख एघार हजार एकसय एघार ) रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको छ । उक्त विद्यालय ८ औं बार्सिकोत्सबको अबसरमा आफ्नी छोरी टेककुमारी पाण्डे पौडेलको नाममा पाण्डे परिवारले अक्षयकोष स्थापना गर्नुभएको हो ।
स्वर्गिय भविश्वर पाण्डेकी श्रीमती पाण्डेले छोरी बोल्न नसक्ने भएकी र समाजले आफ्नी छोरीलाई धेरैबर्ष पहिलादेखि हालसम्म निकै माया र ममता दिईरहेकोले उनै छोरीको टेककुमारी पाण्डे पौडेलको नाममा अक्षयकोष स्थापना गरेको बताउनुभएको छ । छोराहरु झलक प्रसाद पाण्डे र टेकप्रसाद पाण्डे (प्रमोद) बुहारीहरु देवी पाण्डे र पार्वती पाण्डेसग सल्लाह गरि दिदीलाई सहयोग र माया दिने यहि समाजको लागि केहि गरौ भन्ने मनसायले स्थानिय बुद्धिजिवी र आफुहरुकै पहलमा स्थापना भएको उक्त विद्यालयमा अक्षयकोष स्थापना गर्न पाउँदा खुशी लागेको सावित्री पाण्डेले बताउनुभएको छ ।
दमौली बजारको पुछार देउराली नगरमा रहेको उक्त विद्यालयमा पछिल्लो समय विद्यार्थीहरुको आर्कषण पनि बढेको र विद्यालयको शैक्षिकस्तर पनि दमौली बजारकै अन्य सामुदायिक विद्यालयको हाराहारीमा रहेको व्यास ३ का वडा अध्यक्ष अनुप रानाले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्