‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग सच्याउन बालेनको चेतावनी, अन्यथा काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने

  • ख-
  • ख+

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिनुभएको छ ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग भारतबाटै सच्चिएर नआए काठमाडौं महानगरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहले चेतावनी दिनुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै तीन दिनभित्र उक्त शब्द हटाउन भन्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?