हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव भेटियो, काठमाडौं ल्याइँदै

  • ख-
  • ख+

काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । पाइलट चेत गुरुङ र अन्य ३ जनाको शव हेलिकप्टरमा राखिएको छ । अन्य दुईजनाको शव संकलन गरेर उद्धारमा गएको हेलिकप्टरसम्म ल्याउन केही समय लाग्ने भएकाले मौसम खराबी भए चारजनाको मात्र शव ल्याउने तयारी भइरहेको बताइएको छ ।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई हेलिकप्टर अवतरण गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव भेटिएको छ । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउन लागिएको उनको भनाइ थियो । (नेपाल प्रेसं)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्