सामाखुसीमा नालामा खसेर वेपत्ता किशोर ११ दिनपछि बागमतीमा मृत फेला

  • ख-
  • ख+

काठमाडौं । काठमाडौंको सामाखुसीस्थित नालामा खसेर बेपत्ता भएका किशोर ११ दिनपछि मृत फेला परेका छन् ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलले १३ वर्षीय साजन मगरलाई दक्षिणकाली नगरपालिका–७ स्थित बागमती किनारमा मृत फेला पारिएको जानकारी दिए ।

साउन ७ गते भारी वर्षा भइरहेका बेला सडकमा निस्किएका उनी नालीमा खसेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्