
नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका छन् ।
प्रस्तावित जिम्मेवारीअनुसार अग्नि सापकोटा प्रचार विभाग तोकिएको छ । प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई प्रस्ताव गरिएको छ ।
पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरी सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने माओवादी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
कुन नेतालाई के जिम्मेवारी ?
उपाध्यक्षः कृष्णबहादुर महरा,पार्टी एकता र समाजवादी मोर्चा
उपाध्यक्षः अग्निप्रसाद सापकोटा,प्रचार प्रसार विभाग प्रमुख
पम्फा भुसाल- जनवर्गीय संगठन इन्चार्ज
वर्षमान पुन- विशेष प्रदेश इञ्चार्ज
चक्रपाणि खनाल- कोशी प्रदेश इञ्चार्ज
लीलामणि पोखरेल- मधेश प्रदेश इञ्चार्ज
जनार्दन शर्मा- बागमती प्रदेश इञ्चार्ज
देवेन्द्र पौडेल- गण्डकी प्रदेश इञ्चार्ज
हितमान शाक्य- लुम्बिनी प्रदेश इञ्चार्ज
मात्रिका यादव- कर्णाली प्रदेश
डिलाराम आचार्य- सुदूरपशिम प्रदेश इञ्चार्ज