जलवायु परिवर्तनका १२ दुष्प्रभाव: कम बच्चा जन्मिनेदेखि हवाईयात्रामा झट्कासम्म

  • ख-
  • ख+

विश्व उष्णीकरण तथा जलवायु परिवर्तनले विश्वमा विभिन्न खाले भयानक असरहरु देखाउन थालिसकेको छ ।

वैज्ञानिकहरुका अनुसार तापमान वृद्धिको यो दरलाई कम गर्न नसकिएमा यो शताब्दीको अन्त्यसम्ममा हामीले विध्वंशकारी नतिजाहरु भोग्नुपर्नेछ, जसले मानव सभ्यतालाई नै खतरामा पार्न सक्दछ ।

वैज्ञानिकहरुले विश्वमा जलवायु परिवर्तन तथा उष्णीकरणले पारेका प्रभावहरुको बारेमा निरन्तर अध्ययन अनुसन्धान गरिरहेका छन् । वैज्ञानिकहरुको शोधका आधारमा जलवायु परिवर्तनका १२ वटा अकल्पनीय तथा अनौठा असरहरु यस्ता छन् स्

बढ्दैछ हवाईयात्रामा झट्का: जलवायु परिवर्तनको कारणबाट हावाको वायुमण्डलीय लहरमा परिवर्तन देखिन थालेको छ । एक अध्ययन अनुसार सन् १९७९ देखि २०२० सम्ममा लगातार एयर टर्बुलेन्स बढिरहेको छ ।

सन् १९७९ मा यो १७.७ घण्टा रहेकोमा सन् २०२० मा बढेर २७.४ घण्टा पुगेको छ । त्यस्तै मध्यमस्तरको टर्बुलेन्स ३७ प्रतिशतले बढेको छ । त्यसले अब हवाईयात्रुले जहाजमा यात्रा गर्दा आकाशमा जहाज हल्लिएर धेरै झट्का खप्नुपर्नेछ । यसले हवाई यात्रुमा त्रासको अवस्था सिर्जना गर्नेछ ।

घट्दैछ भ्यागुताको आकार: विश्वको तापक्रम बढ्दै जाँदा भ्यागुताका कतिपय प्रजातिहरुको शरीरको आकार पनि सानो हुँदै गएको छ । पुर्टोरिकोमा भाले कोकुइ भ्यागुता सानो बन्दै गएको शोधकर्ताहरुले पत्ता लगाएका छन् ।

पहिले यो भ्यागुता पहाडको माथिल्लो भागमा बस्दथ्यो । तर अहिले जीउ सानो हुँदै गएपछि माथिबाट तल्लो इलाकामा झर्न थालेको छ । पछिल्लो २ दशकमा यस्तो परिवर्तन देखिएको शोधकर्ताहरुको भनाइ छ ।

निद्रा कम हुँदै: शोधकर्ताहरुका अनुसार सन् २०१० सम्म विश्वका मानिसहरुको औसत वार्षिक निद्रा ४४ घण्टा कम भैसकेको थियो । यहीँ अवस्था कायम हुँदा यो शताब्दीको अन्त्यसम्ममा अर्थात् सन् २१०० सम्ममा यो बढेर ५८ घण्टा हुनेछ । मानिसमा निद्राको समय घट्नुको प्रमुख कारण तापमान वृद्धि नै हो ।

बढ्दैछ कुकुरको टोकाइ स् गर्मी बढेसँगै मानव समुदायमा समेत हिंसा तथा अपराधका घटनामा वृद्धि हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

उष्णीकरणले केवल मानिसमा मात्र होइन कुकुरमा समेत हिंश्रकता बढाएको पछिल्लो एक अध्ययनको निष्कर्ष छ । जसका कारण कुकुरले मान्छेलाई टोक्ने घटनामा वृद्धि भैरहेको छ । सो अध्ययन अनुसार जलवायु परिवर्तनका कारण कुकुरले टोक्ने घटनामा ११ प्रतिशतको बढोत्तरी भएको छ । सो अध्ययनले अमेरिकामा विभिन्न ८ सहरमा गरी कुकुरले टोकेका ७० हजार घटना भएको देखाएको थियो ।

बढ्दैछ चट्याङको प्रकोप: जलवायु परिवर्तनका कारण विश्वभर नै चट्याङको ढाँचामा परिवर्तन हुन थालेको छ । चट्यांग पर्ने दरमा वृद्धि हुँदा जंगलमा डढेलो फैलिने क्रम पनि बढ्ने शोधकर्ता बताउँछन् ।

चट्यांग सिर्जित डढेलोको संख्यामा ४० प्रतिशतले वृद्धि हुनसक्ने शोधकर्ताको अनुमान छ । एक अध्ययन अनुसार तापमानमा १।८ प्रतिशलते वृद्धि हुँदा चट्यांगको संख्यामा १० प्रतिशतले वृद्धि हुन्छ ।

मान्छेमा जन्मदर घट्ने: तापमान वृद्धिले विश्वमा बच्चा जन्मिने दरमा समेत कमी आउनेछ । औसत तापमान २६.७ डिग्री भन्दा धेरै हुँदा जन्मदरमा ०.४ प्रतिशतले कमी आउने एक अध्ययनले देखाएको छ । बढ्दो तापमानले मानिसको प्रजनन क्षमतामा असर पार्नेछ । यसले पुरुषको शुक्रकिटको चलायमानतामा कमी आउँछ ।

छेपारोले लिंग बदल्दै: अष्ट्रेलियामा सेन्ट्रल बियर्डेड ड्रागन नामक छेपारोले आफ्नो लिंग परिवर्तन गरिरहेको पत्ता लागेको छ । वास्तवमा अण्डाको विकासका लागि उपयुक्त तापमान आवश्यक पर्दछ ।

तापमानमा वृद्धि हुँदा अण्डाबाट पोथी छेपारो मात्रै कोरलिए निस्किने क्रम बढेको पाइएको छ । तापक्रम वृद्धिले छेपारोको सेक्स क्रोमोजोममा असर पारिरहेको र भ्रूणको विकासकै क्रममै अधिकांश भ्रूण पोथी बन्ने क्रम बढेको छ ।

बढ्दो एलर्जी: बढ्दो तापमानले विश्वमा वसन्त ऋतुको समय पनि बढ्नेछ । यसका कारणले हावामा वनस्पतीका परागकणहरु धेरै फैलिनेछन् । यसबाट मानिसहरुमा एलर्जीको समस्या पनि बढ्ने शाधकर्ताहरुको ठहर छ ।

एक अध्ययन अनुसार सन् १९९० देखि २०१८ सम्ममा एलर्जी हुने दिनहरुमा वृद्धि भएको छ भने हावामा परागकणको मात्रामा पनि त्यस्तो समयमा २१ प्रतिशतले बढी हुने गरेको छ ।

पृथ्वीको प्रकाश कम हुने: तापमानले वृद्धिले पृथ्वीले परावर्तन गर्ने सूर्यको प्रकाशमा कमी आउनेछ । शोधकर्ताहरुले सन् १९९८ देखि २०१७ सम्म पृथ्वीको प्रकाशको तथ्यांक विश्लेषण गर्दा पृथ्वीबाट चन्द्रमामा पर्ने प्रकाशमा कमी आएको देखिएको छ । पूर्वी प्रशान्त महासागरको माथि परावर्तन गर्ने बादल कम बनिरहेको अध्ययनले देखाएको छ ।

ज्वालामुखीमा वृद्धि: तापमान वृद्धिले पृथ्वीमा ज्वालामुखी विस्फोट हुने संख्यामा पनि वृद्धि हुनेछ । गर्मी बढ्दै जाँदा हिउँ तथा बरफ पग्लिने दर पनि बढ्दछ । तातो चट्टान तथा म्याग्मासँग मिलेर ज्वालामुखी विस्फोट बढाउँदछ । किनकि पग्लिँदो बरफका कारण ज्वालामुखीहरुको भित्र बबल्सहरु बन्नेछन् जुन विस्फोटको कारण हुनेछन् । तापमान घट्दा ज्वालामुखी विस्फोटमा कमी आउने तथ्य वैज्ञानिकहरुले आइसल्याण्डमा गरेको एक अध्ययनबाट पुष्टि गरिसकेका छन् ।

कफी उत्पादनमा कमी: जलवायु परिवर्तनका कारण सन् २०५० सम्ममा विश्वमा कफी उत्पादन गर्ने भूमि आधाले घट्नेछ । विश्व तापमान १.५ डिग्री, २.४ डिग्री वा ४ डिग्री सेल्सियसले बढ्दा कफीको उत्पादनमा ५० प्रतिशतले गिरावट आउनेछ । यसबाट ब्राजिल, भियतनाम, इण्डोनेसिया तथा कोलम्बिया जस्ता देशहरु सबैभन्दा धेरै प्रभावित हुनेछन् ।

घट्नेछ बाख्राको जीउ: शोधकर्ताहरुका अनुसार इटालियन एल्प्स पहाडमा बस्ने बाख्राको सरीरको आकार घट्दै गएको छ । यसको कारणचाहिं तापमान वृद्धि हो ।

सन् १९७० देखि २०१० सम्म त्यहाँका बाख्राको शरीरको नापजाँच गरिएको थियो । त्यसक्रममा तापमानमा भएको वृद्धिसँगै अल्पाइन केमाइस जातको बाख्राको शरीरको वजन २५ प्रतिशतले घटेको पाइएको छ । गर्मीमा यी बाख्राले कम खाने र धेरै आराम गर्ने गर्दा वृद्धि विकासमा असर पुग्ने गर्दछ ।

एजेन्सीको सहयोगमा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्