आज नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५ औं स्मृति दिवस

सर्वज्योति
  • ख-
  • ख+

नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ । अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुनुहुन्छ।

नेपालका सर्वाधिक लोकप्रिय प्रधानमन्त्रीका चर्चित मनमोहन अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

२०५२ सालमा एमालेको ९ महिने सरकारको नेतृत्व गरेका अधिकारीकै पालामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम र ‘आफ्नो गाउँ, आफैं बनाउँ’ जस्ता अभियान सुरू गर्नु भएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्