मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

१४ वैशाख, गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गुल्मीदरबार गाउँपालिका-३ का २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

गम्भीर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पोखरेलले बताए ।

दुर्घटनामा गुल्मीदरबार ४ भट्टेचौरका ३१ वर्षीय यमबहादुर सुर्यवंशी घाइते भएका छन् । उनको पाल्पामा उपचार भइरहेको छ ।

बिहीबार राति गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु३५प ५४८४ नंम्बरको मोटरसाइकल सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्