सुन्दरबजार ५ मुलकोटको गहते कालिका मन्दिर पुनः निर्माण हुँदै

  • ख-
  • ख+

लम्जुगं। सुन्दरबजार नगरपालिका वडा नं. ५ गहते लेक टोल स्थित मुलकोटमा रहेको पुरातात्विक गहते कालिका मन्दिर पुनः निर्माण गरीएको छ । जिर्ण अवस्थामा रहेको उक्त मन्दिर संघिय विभाग, सुन्दरबजार नगरपालिका, वडा कार्यालय र विभिन्न व्यक्तिहरुको सहयोगमा पुनः निर्माण गरीएको हो ।

२०७७ जेठ बाट पुनः निर्माण सुरु गरीएको उक्त मन्दिर निमार्ण कार्यको जिम्मा भक्तपुरका सिकर्मी, डकर्मीहरुलाई दिइएको थियो तत्कालिन समयमा कोरोना महामारीका करण भएको नाका बन्दीका कारण सिकर्मी, डकर्मीहरु लमजुङ आउन नपाए पछि मन्दिर निमार्ण प्रभावित भएको गहते कालिका मन्दिर विकास समितिका सचिव हस्त गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार मन्दिर पुननिमार्ण आगामी पुसमा सम्पन्न गर्ने गरी काम अघि बढी रहेको छ ।

मन्दिर निर्माणका लागि आर्थिक बर्ष ०७९/८० मा संघिय विभागबाट ८ लाख, सुन्दरबजार नगरपालिकाबाट ८ लाख, वडा नं. ५ को वडा कार्यालयबाट ३ लाख बजेट विनियोजन भएको छ भने विभिन्न व्यक्तिहरुबाट २५ लाख रुपैयाँ चन्दा संकलन भएको सचिव गुरुङले बताउनु भयो ।

गहते कालिमा मन्दिरमा भाकल गर्दा आफ्नो मनोकाङक्षा पुरा हुने विश्वासका साथ भक्तजनहरु बडादशैको अष्टमी, माघे संक्रन्ति र चैतदशैको अष्टमीमा पुजा आज गर्न आउने गर्दछन् । पहिला पहिलाका मनिसहरुले आफ्नो आफ्नत लाहुरे छन् भने उनीहरु लडाइमा जाँदा उनीहरुको ज्यानको सुरक्षको लागि पनि मन्दिरमा पुजाआज गर्ने भाकल दिने गरेको गुरुङको भनाई छ । मन्दिरमा गहतेका स्थानिय मात्र नभएर वरपरका छिमेकी गाँउहरु उदीपुर, नयाँ गाँउ, खहरे, चिसापानी लगायतका स्थानीयहरु भाकल दिन र पुजा गर्नका लागि आउने गर्दछन् ।

निर्माणधिन अवस्थामा रहेको उक्त मन्दिर २५ फिट अग्लो हुने छ भने २ तालको छाना, बुट्टा कुडेको टुन्डाल, पित्तलको छानो र गजुर राखिने छ भने भक्तपुरे इट्टले निर्माण भइरहेको छ । मन्दिर निर्माणको लागि भने अनुमानित रकम १ करोड लागने सचिव गुरुङले बताउनु भयो ।

(खुशीमाया गुरुङ मर्स्यागंदी खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्