लागु औषध सहित आँबु र दमौलीबाट २ जना पक्राउ

  • ख-
  • ख+

अबैध लागू औषध सहित बाग्लुगंका अनिष बि.क. आँबुखैरेनीमा पक्राउ परेका छन् । पृथ्वी राजमार्ग सडक खण्डमा मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ना ६ ख २५४९ नं।को बस रोकी चेकजाँचको क्रममा बसमा सवार बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा नं. ३ बस्ने बर्ष २१ को अनिश बि.क. लाई लागु औषधसहित पक्राउ गरिएको हो । तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनीटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा बस रोकी चेकजाँचको क्रममा निजको शरिर तलासी लिदा निजले साथमा लुकाई लिएको लागु औषध Diazepam को सिसि २० थान , Noophin को सिसि २० थान र Phenergan को सिसि २० थान गरी जम्मा ६० थान (एम्पुल) लागु औषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

उक्त लागु औषध सहित अनिश बि।क।लाई पक्राउ गरी साउन२५ गते सम्मानित तनहूँ जिल्ला अदालतबाट दिन १० (दश) को म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ । त्यसैगरि तनहूँ जिल्ला व्यास नगरपालिका वडा नंं ४ भोर्लेटार चोकमा व्यास १० बोक्सीगैराका १९ बर्षिय चन्द्र बहादुर कामीलाई १ किलो ९०० ग्राम लागु औषध गाँजा पक्राउ गरि आज साउन २५ गते तनहूँ जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ । ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?