क्रिक्रेटमा राजनीति गर्न छिरेका दुर्गाराज पाठकलाई किन छ्याँपियो कालो तरल पदार्थ (मोबिल) ?

  • ख-
  • ख+

साउन २८ । काठमाण्डौ । जिल्ला क्रिकेट संघ मकवानपुरको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन हेटौडा पुग्नुभएका नेपा क्रिकेट संघ क्यानका केन्द्रीय सचिव दुर्गाराज पाठकमाथि कालो तरल पदार्थ (मोविल) छ्यापिएको छ । खाना खान लागेका बेला स्कुटरमा आएका दुई जना व्यक्तिले मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ”वास्तवमा पाठकलाई म मोबिल छ्याप्नुको कारण पाठकलाई होईन राजनीतिक नियुक्ति लिएर आउने र खेलकुद सम्बन्धि काम गर्नेभन्दा राजनीति गर्ने व्यक्तिलाई भएको” क्रिकेटका जानकारहरु बताईरहेका छन् । ”क्यानका केन्द्रीय सचिव दुर्गाराज पाठकको गतिविधि खेलकुद र खेलाडीलाई गर्नुपर्ने खर्चमा देश विदेश घुम्ने, राजनीतिक प्रतिशोध साँध्ने, सच्चा खेलाडी र प्रशिक्षकलाई अपमान गर्ने भएको कारण साउन २७ गते उक्त घटना हुन पुगेको हुनुपर्ने ” नाम नबताउने सर्तमा क्रिकेट सर्मथकको भनाई रहेको छ । ”सचिवमा नियुक्ति भएदेखि नै पाठकको कामकारवाही विरोधाभाषपुर्ण, प्रतिशोधपुर्ण रहेको कारणले निजलाई कालोमोसो दल्न मानिसहरु वाध्य भएको हुनुपर्ने ” वहाँहरुको भनाई छ ”नत्र अधिवेशनमा आएको अतिथिलाई कस्ले अपमान गर्न चाहन्छ र ?’ ‘ उहाँहरुका अनुसार ”पाठक अतिथिको रुपमा सहभागी भएर पुगेको प्रत्येक जिल्लामा अधिवेशनमा मतदान गर्ने प्रत्येक प्रतिनिधिहरुलाई यो व्यक्तिलाई मतदान गर्नुस् है भन्ने, मैले भनेको व्यक्तिको समर्थनमा नबोले , मतदान नगरे बिचार गरौला भनेर पाठकले भन्ने गरेका कारण र पाठकको ईतिहासको अध्ययन गरेको क्रिकेटलाई माया गर्ने मान्छेले वाध्य भएर पाठकलाई कालो तरल पदार्थ ( मोविल) छ्याँपेर अपमान गरेको” उहाँहरुको अनुमान छ । साथै पाठकले ”मकवानपुरमा क्रिकेट संघको चुनाव आफ्नो पक्षमा नआउने देखे पश्चात सहानुभुति बटुल्न पनि कालो तरल पदार्थ (मोविल ) छ्यापेको नाटक गरेको” एकथरिको आरोप छ । ”पाठकसर काम नगरेपनि नौटकीं गर्न एकदम सिपालु हुनुहुन्छ त्यसैले मिडियामा स्थान पाईन्छ र सहानुति पाईन्छ भनेर उहाँ आफैले गरकै काम हो यो ” एक क्रिकेट शुभचिन्तकको दावि रहेको छ ।

क्रिकेट खेलसग कुनै पनि सम्बन्ध नभएका पाठक विभिन्न दलका राजनीतिक दलका नेताहरुसग पहूँच बढाउदै राजनीतिक जोडबलमा क्यानको सचिव हुन सफल बन्नुभएको थियो भने नियुक्तिको समयदेखि नै पाठकका कृयाकलापहरु खेल, खेलाडी र प्रशिक्षक मैत्री नभएको आरोप लाग्दै आईरहेको थियो ।

”खाना खाईरहेको समयमा पाठकलाई मोविल छ्याँप्ने २ जना व्यक्तिहरु सिसिटिभिमा देखिएको र उनीहरुको खोजि भईरहेको र हालसम्म पक्राउ नपरेको” जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपि टेकराज कार्कीले जानकारी दिनुुभएको छ ।
साभारः सर्वज्योति साप्ताहिक

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्