एसिया कपका लागि १७ सदस्यिय नेपाली टोलीको घोषणा

  • ख-
  • ख+

२९ साउन । काठमाडौं । आउँदो अगष्ट ३० बाट सुरु हुने एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

१७ सदस्यीय टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दिप लामिछाने, करन केसी, ललित राजबंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा छन् । यस्तै, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल पनि नेपाली टोलिमा छन् ।
नेपालले पाकिस्तान र श्रीलंकामा आयोजना हुने प्रतियोगिताको पहिलो चरणमा पाकिस्तान र भारतसँग खेल्दै छ ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्