४०% गाउँपालिकाको अनुदान र ६०% संकलित रकमबाट गुणादीको महेन्द्र माविले खरिद गर्यो विद्यार्थीका लागि स्कुल बस

  • ख-
  • ख+

४ भाद्र । तनहूँ । तनहूँको म्याग्दे गाउँपालिका–१ स्थित महेन्द्र माविले स्कुल बस सञ्चालनमा ल्याएको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बसको चावी विद्यालयका प्रअलाई हस्तान्तरण गर्नुभएको हो सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर थापा, वडा अध्यक्ष मणिभद्र वाग्ले लगायत जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

बस खरिद गर्न म्याग्दे गाउँपालिकाले ४० प्रतिशत रकम अनुदान प्रदान गरेको थियो भने बाँकी ६० प्रतिशत रकम विद्यालयले पुर्व विद्यार्थी, शिक्षक तथा अभिभावकहरुबाट संकलन गरेको विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापाले बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्