स्वर्गिय दिपेन्द्र थापा र जिवन थापाको स्मृतिमा आँबुखैरेनीमा सेभेन ए साईड फुटवल प्रतियोगिता हुदै

  • ख-
  • ख+

६ भाद्र । तनहूँ । स्वर्गिय दिपेन्द्र थापा र जिवन थापाको स्मृतिमा तनहूँको आँबुखैरेनीमा सेभेन ए साईड फुटवल प्रतियोगिता हुन गईरहेको छ । दिपेन्द्र जिवन स्मृति समितिको आयोजनामा गोरखकाली रबर उद्योगको मैदानमा हुन लागेको फुटवल प्रतियोगिता स्वर्गिय दिपेन्द्र थापा र जिवन थापाको सम्झनामा गर्न लागिएको र उक्त प्रतियोगितामा देशभरबाट जुनसुकै टिमले पनि भाग लिन सक्ने समितिका अध्यक्ष ओमलाल श्रेष्ठले बताउनुभएको छ । असमायिक मृत्यु वरण गरेका आँबुखैरेनीका युवाहरुको चिरशान्तिको कामना र फुटवल खेलको विकासको लागि प्रतियोगिता गर्न लागेको पनि अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।
भाद्र १६ गते देखि २० गतेसम्म संचालन हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख , द्धितिय हुने टिमलाई ५० हजार रुपैयाका साथै बेष्ट डिफेन्डर, वेष्ट गोलकिपर, बेष्ट मिडफिल्डर, उच्च गोलकर्तालाई नगद प्ुरस्कार प्रदान गरिने समितिका कोषाध्यक्ष नवराज पौडेलले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्