८ भाद्र । तनहूँ । राष्ट्रिय युवा संघ नेपाल भिमाद ८ नम्वरको आयोजनामा राष्ट्रिय युवा संघ कप खुल्ला B Level डबल पुरुष ब्याडमिण्टन प्रतियोगिताको उद्वधाटन नेकपा एमालेका स्थायी कमिटि सदस्य एवम् पुर्व मन्त्री किरण गुरुङले गर्नु भयो । उक्त अवसरमा गुरुङले खेलले मानिसलाई स्वास्थ्य राख्ने र खेलको कारणले नै विश्वसामु आफ्नो देशलाई चिनाउ सकिने बताउनुभएको थियोे । युवा संघले खेलकुदको माध्यमबाट युवाहरुलाई संगठित गराउने प्रायस अत्यन्तै प्रशंसनीय भएको पनि गुरुङले बताउनुभएको थियोे ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य उज्वल खनाल, जिल्ला अध्यक्ष मदन तिमल्सेना, नेकपा एमाले भिमाद नगर कमिटिका अध्यक्ष इमान थापा, भिमाद युवा संघका अध्यक्ष विजय मल्ल, ब्यासका अध्यक्ष अजित पन्थ लगाएतका युवा नेताहरुको उपस्तिथि रहेको थियो । भिमादमा संचालन भएको उक्त प्रतियोगितामा भदौ ७ गते देखि ९ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको छ भने प्रथम पुरस्कार २० हजार, दोस्रो १० हजार र तेस्रो ६ हजार रहेको छ ।

कार्यक्रमको अध्यक्षता युवा संघका भिमाद ८ का अध्यक्ष श्याम बहादुर शाहीले गर्नुभएको थियो भने कार्यक्रम संचालन शिव आलेले गर्नुभएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 290 Viewed

प्रतिक्रिया दिनुहोस्