चितवनका अर्जुन प्रधान र प्रविण श्रेष्ठ त्रिशुली नदिमा बेपत्ता

  • ख-
  • ख+

चितवन । त्रिशूली नदीले बगाएर दुई जना बेपत्ता भएका छन् ।
भरतपुर महानगरपालिका–२९ गाईघाट त्रिशूली किनारमा पिकनिक खान गएका दुई युवाको नदीले बगाएर बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरुमा भरतपुर–१० सप्तगण्डकी चोक बस्ने ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँको ३० वर्षीय प्रविण श्रेष्ठ रहेको चितवन प्रहरीले जनाएको छ ।

गाईघाट स्थित त्रिशूली नदी किनारमा पिकनिक खान गएका उनीहरु मुख धुने क्रममा त्रिशूली नदिले बगाई बेपत्ता भएको थिए । अहिले प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।
छिम्केश्वरी खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?