व्यास ५ क्रिकेट मैदानको अनुगमनः निर्माण सम्पन्न गर्न सहयोग गर्ने आश्वासन

  • ख-
  • ख+

तनहूँ । क्रिकेट संघका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका एवं तनहूँ जिल्ला क्रिकेट संघ जिल्लाका पदाधिकारीहरुले व्यास नगरपालिका वडा नं. ५ पाटनको क्रिकेट मैदानको अनुगमन गर्नुभएको छ । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य एवम् क्रिकेट संघका केन्द्रिय सदस्य ऋषि गौतम, गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकी प्रदेशका अध्यक्ष संजय कान्त सिक्देल र तनहूँ जिल्ला क्रिकेट संघका अध्यक्ष मदन तिमल्सेना, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, सचिव अमित पन्थ, कोषाध्यक्ष मनोज सुर्वणकार, सदस्य अतिस खड्काले व्यास ५ चिन्तुटारको क्रिकेट खेलमैदान अनुगमन गर्नुभएको हो ।
नेपालमा क्रिकेट भविष्य राम्रो भएको र तनहूँ जिल्लामा पनि क्रिकेटको खेलमैदान बनिरहेकोले यस मैदानलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर अनुगमन गरिएको केन्द्रीय पदाधिकारीले बताउनुभएको छ साथै उक्त मैदान निर्माण सम्पन्न गर्नको लागि केन्द्रीय क्रिकेट संघ र गण्डकी प्रदेश लागि पर्ने बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्