डा. शिवजी पौडेल भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त

  • ख-
  • ख+

११ भदौ । चितवन । भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त हुनुभएको छ ।

अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा. पौडेलसहित डा. कृष्णसागर शर्मा र डा. प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो ।

अस्पताल सञ्चालक समितिले उहाँहरु मध्येबाट डा पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको सञ्चालक समिति सदस्य डा. अनिलविक्रम कार्कीले जानकारी दिनुभयो।

अस्पताल सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि डा. मदन उपाध्याय, डा. प्रदीप ज्ञवाली र डा. दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय सिफारिस उपसमिति गठन गरेको थियो ।

कार्यकारी निर्देशकमा नियुक्त डा. पौडेल क्यान्सर अस्पतालका ‘रेडियसन अंकोलोजिष्ट’ पौडेल नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष समेत हुनुहुन्छ निवर्तमान कार्यकारी निर्देशक डा. देजकुमार गौतमको कार्यकाल गत चैत २५ गते समाप्त भएपछि अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त थियो ।

– राससको सहयोगमा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?