अबैध लागू औषध गाँजासहित तिलक गुरुगं आँबुखैरेनीमा पक्राउ

  • ख-
  • ख+

११ भाद्र । तनहूँ । अबैध लागू औषध गाँजा सहित तिलक गुरुगं आँबुखैरेनीमा पक्राउ परेका छन् । आज बिहान करिब ८ः ३० बजेको समयमा तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नंं ४ बेनीटार स्थित पृथ्बी राजमार्ग सडक खण्डमा ग २ ख ९७१ नं को बसमा मुग्लिन तर्फबाट आँबुखैरेनी आउदै गरेका चितवन ईच्छाकामना गाउँपालिका वडा नं. ६ चन्डी भञ्ज्याङ बस्ने बर्ष ३० को तिलक गुरुङलाई पक्राउ गरिएको हो । बस सवार गुरुगंलाईै चेकजाँच गर्ने क्रममा गुरुङको झोलाभित्र १ के.जी. अबैध लागु औषध गाँजा फेला पारीएको जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ । लागु औषध सहित निज तिलक गुरुङलाई पक्राउ परेको गुरुङलाई तनहुँ जिल्ला अदालत पेश गरि अदालतबाट १० दिनको म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्