बाराही माविका विद्यार्थीलाई दमौलीको युनियन एजुकेशनद्धारा पोशाक वितरण

  • ख-
  • ख+

१२ भाद्र । तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं ११ फराकचौर स्थित रहेको बाराही माध्यमिक विद्यालयका विद्यार्थी विद्यालय पोशाक पाउँदा हर्षित भएका छन् । विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा विद्यालय पोशाक पाएपछि उनीहरुको मुहारमा खुसीयाली छाएको हो । सामाजिक काय गर्ने हेतृले युनियन एजुकेशनका प्रोपाइटर रमेशबाबु भटराईले ६० जना विपन्न एवं असहाय विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् । पोशाक वितरण गदै उनले भने,“आफुले ५ वर्ष पढाएको विद्यालयमा सहयोग गर्न पाउदाँ निकै हर्षित छु । सामाजिक कार्य गर्ने उद्देश्यले ६० हजार बरावरका टिसर्ट र ट्रयाक सुट वितरण गरेको हो ।’ कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर बस्नेतले युनियन एजुकेशनका सञ्चालकलाई धन्यवाद व्यक्त गरे । नेपाल युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको समन्वयमा विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो । नेपाल शिक्षक संघ तनहूँका अध्यक्ष समेत रहेका भटराई उक्त विद्यालयका पूर्व शिक्षक समेत हुन । जुनियर युवा रेडक्रस सर्कल बाराही माध्यमिक विद्यालयका अध्यक्ष भुवन घर्तीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रअ हिराबहादुर अधिकारी, युवा रेडक्रस सर्कल आदिकवि भानभक्त क्याम्पसका सचिव सविन लामिछाने लगायतले बोलेका थिए भने सर्कलका शिक्षक नायव सन्देश अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्