पहिरोले स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु, ८ घाइते

  • ख-
  • ख+

काठमाडौं । पाल्पाको रिब्दिकोट गाउँपालिका(२ जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन्।

गुल्मीको तम्घासबाट बुटवल आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो।

पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

भाडाको स्कार्पियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार चापागाईँले बताए। पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बन्द भएको छ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?