भाद्र २० गते दमौलीमा कृष्णाजन्माष्टमी महामहोत्सव कार्यक्रम हुदै

  • ख-
  • ख+

१४ भाद्र । तनहूँ । श्री कृष्णाजन्माष्टमीको अवसरमा नेपाल अन्तर्राष्ट्रिय कृष्णाभावनामृत संघ ९ईस्कोन० दमौली ईकाईले महामहोत्सव कार्यक्रम आयोजना हुन गइरहेको छ ।

भाद्र २० गते दमौली बजारमा रहेको तनहूँ उद्योग बाणिज्य संघको हलमा हुने कार्यक्रममा नगर हरिनाम संकिर्तन ,प्रवचन, कृष्ण कथा लिला , कृष्ण झुला, यज्ञ, अभिषेक, दिपदान, सांस्कृतिक कार्यक्रम लगायका कार्यक्रमहरु रहेका छन् । दिनको १२ बजे शुरु हुने कार्यक्रम रातिको १२ बजेसम्म रहने संस्थाका अध्यक्ष रबिलाल थापाको भनाई रहेको छ।

कार्यक्रममा भक्तालुहरुको उल्लेख्य उपस्थिति रहने र त्यस्को लागि भक्तालुहरुलाई विभिन्न् माध्यमबाट निम्ता गरिएको संस्थाका कोषाध्यक्ष प्रमोद न्यौपाने बताउनुभएको छ ।

वैदिक सनातन हिन्दु धर्मको संरक्षण ,सम्बर्द्धन तथा प्रचारप्रसार गर्न तथा आध्यत्मिक जागरण ल्याई भगवान श्रीकृष्णको दिब्यको ज्ञानको माध्यमबाट मानव समाजलाई सहि मार्ग् निर्देश गर्ने र यस शास्त्रको दिब्य ज्ञानलाई सम्पुर्ण मानव समाजमा प्रसार गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको संस्थाका सदस्य ईन्जिनियर सुशील खनालले बताउनुभएको छ ।

संघले बिगत १ बर्ष देखि दमौलीस्थित ब्यास ४ को शाखा कार्यालयबाट नियमित शनिबारे सत्सङ कार्यक्रम दिउँसो १२ बजे देखि ४ बजेसम्म हुँदै आएको छ । उक्त कार्यक्रममा नियमित भागवद्वगीता ,श्रीमद्भागवत महापुराण लगायतको प्रबचन, कलेज तथा बिद्यालयमा सेमिनार तथा गोष्ठी लगायत विभिन्न धार्मिक कार्यक्रमहरू गर्दै आईरहेको छ।

बिगत बर्षझै यस बर्ष पनि श्री कृष्णाजन्माष्टमी महामहोत्सव कार्यक्रम गर्न लागिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्