तनहूँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटीको बैठकले भाद्र १९-२३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
बिहान बसेको स्थायी कमिटीको बैठकका अनुसार तनहूँ, नुवाकोट, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम राखेको छ ।
यस्तै, असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरू हुने बताए । लप्सेफेदीबाट सुरु हुने अभियान पाल्पामा गएर टुंगिने छ।
‘पहिलो चरणको कार्यक्रममा सम्पन्न भएपश्चात आवश्यकता अनुसारका कार्यक्रम गर्ने पनि जनाईएको छ ।








