बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

  • ख-
  • ख+

काठमाडौं । नेपाल क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का विजयी हुनुभएको छ । आज भएको निर्वाचनमा खड्का पुरै प्यानल सहित विजयी हुनुभएको हो । खड्काले २३ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी उमेश पिया १४ मत ल्याएर पराजित हुनुभएको हो ।

उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी हुनुभएको छ भने सदस्यहरुमा अजयराज पाण्डे, सुजन महर्जन, अनिल अधिकारी, सन्जोग पोखरेल, हिरक श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्त राज सत्यालले पनि समान २३ मत ल्याएर विजयी हुनुभएको छ । यस्तै महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित हुदाँ अनुजमान श्रेष्ठ १६ मत ल्याएर सदस्यमा निर्वाचित हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्