आँबुखैरेनीमा सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु

  • ख-
  • ख+


१६ भाद्र । तनहूँ । तनहूँको आँबुखैरेनीमा सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको । दिपेन्द्र जिवन स्मृति समिति आँबुखेरैनी गाउँपालिका वडा नं. ३ को आयोजनामा उक्त प्रतियोगिता गोरखाको गोरखकाली रबर उद्योगको मैदानमा शुरु भएको हो । स्वर्गिय दिपेन्द्र थापा र जिवन थापाको सम्झनामा गरिको उक्त प्रतियोगिताको आज एक समारोहका बिच स्वर्गिय दिपेन्द्र थापा र जिवन थापा परिवारजन, एन्फाका केन्द्रीय सदस्य रत्न श्रेष्ठ र आँबु ३ का वडा सदस्य मनोजकुमार श्रेष्ठले सम्युक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा काठमाण्डौ, पोखरा , चितवन लगायतका स्थानबाट ३२ वटा टिमहरु सहभागी भएको समितिका अध्यक्ष ओमलाल श्रेष्ठले बताउनुभएको छ ।

भाद्र १६ गते देखि २० गतेसम्म संचालन हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख , द्धितिय हुने टिमलाई ५० हजार रुपैयाका साथै बेष्ट डिफेन्डर, वेष्ट गोलकिपर, बेष्ट मिडफिल्डर, उच्च गोलकर्तालाई नगद पुरस्कार प्रदान गरिने र प्रतियोगिता गर्नको लागि स्वदेश तथा विदेशमा रहेका मानिसहरुले अति नै सहयोग गरेकोले प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुने समितिका कोषाध्यक्ष नवराज पौडेलले बताउनुभएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा पिठुवा फुटवल क्लब चितवनलाई पराजित गर्दै रोडसाईड फुटवल क्लब काठमाण्डौ विजयी भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्