पेप्सीकोला दुर्घटनामा घाइते राजन भट्टराई र सशस्त्र प्रहरी जवान उषा थापाको मृत्यु

  • ख-
  • ख+

काठमाडौं काठमाडौँको पेप्सीकोलामा भएको सवारी दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । पेप्सीकोला दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल नं. २० बिपद् उद्दार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो ।

जडिबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बोलेरो गाडीलाई आज बिहान ठक्कर दिएको थियो ।

दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२–०३७प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो ।

स्कुटरमा रहेकी सशस्त्र प्रहरी जवान थापाको उपचारको क्रममा मृत्यु भएको हो । उनीसँगै स्कुटरमा सवारघाइते जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा १४ जना घाइते भएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र ५ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?