सरकारले १०० रोपनी जग्गा दिए क्रिकेट स्टेडियम बनाउन महानगरले पहल गर्ने बालेनको घोषणा

  • ख-
  • ख+

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताउनुभएको छ ।

सामाजिक संजालमा नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं ।’ एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुग्नुभएका बालेनले सो कुरा लेख्नुभएको हो ।

खेलाडी र तल्लो तहमामा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एउटा एउटा बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरि सकेको बताउदै बालेनले नेपाल र भारतको खेल भएको पाल्लेकेले रंगशाला त्रिभुवन विश्वविद्यालयको क्रिकेट स्टेडियम जस्तै भए पनि प्यारापिट र केही सुविधा भएको भन्दै इन्जिनियरसमेत रहेका उनले यस्तै सुविधको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा बनाउन सकिने बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?