२० भाद्र । तनहूँ । आँबुखैरेनीमा भएको मध्यरातमा भएको सवारी दुर्घटनामा २ व्यक्ती घाईते हुनुभएको छ । २० गते राति करिब १२ः२० बजेको समयमा तनहूँको आबुखैरेनी गाउँपालिका वडा नं. ३ मिलनचोक स्थित पृथ्वी राजमार्ग सडक खण्डमा भएको दुर्घटनामा २ खानीखोला बस्ने २९ बर्षिय को बिशाल गुरुङ र उक्त स्थानकै २२ बर्षिय को सुरेश तामाङ घाईते हुनुभएको हो ।
आबुखैरेनीबाट डुम्रे तर्फ आउदै गरेको ग १ त ५५२० नं. को ट्याक्टर अनियन्त्रित भई सडकको नालिमा पर्न गई दुर्घटना हुँदा ट्याक्टर चालक गुरुङ गम्भिर घाईते भएको र सह चालक तामाङ घाईते भई तत्काल प्रारम्भिक उपचारको लागी आबुखैरेनी अस्पताल लगिएको र थप उपचारको लागी दुवै जना भरतपुर सरकारी अस्पताल चितवनमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ । साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।








