ज्ञानगंगा बोर्डिगं स्कुलका प्रिन्सिपल के.सी. सर्वज्योतिको सम्पर्कमा

  • ख-
  • ख+

२५ भाद्र । तनहूँ । व्यास नगरपालिका वडा नं. १ गल्बुवेसीको ज्ञानगंगा ईगंलिस बोर्डिगं स्कुलकी शिक्षिकाको पिटाईबाट ९ बर्षिय बालिका घाईते प्रकरणमा विद्यालयका प्रिन्सिपल ऋषि के.सी. ले सर्वज्योति सम्वाददातासग स्पटिकरण दिनुभएको छ । घाईते बालिकाका बुबा प्रकाश पौडेलले पटक पटक फोन गर्दा पनि नउठाएको प्रतिक्रिया दिएपछि सर्वज्योति सम्वाददाताले गरेको फोनमा कल ब्याक गरि प्रिन्सिपल के. सी. ले आफु काम बिशेषले अन्यत्र भएको र फोन साथमा नभएकोले फोन सम्पर्क हुन नसकेको बताउनुभएको छ । उक्त घटना विद्यालयमा ट्युशन समयमा भएको बताउदै प्रिन्सिपल के.सी. ले आफु सधै जिम्मेवार भएर प्रस्तुत भएको पनि बताउनुभएको छ साथै धेरै समयपछि घाईते बिद्यार्थीका अभिभावकको फोन देखेर पछि कल व्याक गर्दा उहाँको फोन नउठेको प्रिन्सिपल के.सी. को भनाई रहेको छ ।
के.सी. प्रिन्सिपल रहेको व्यास १ गल्बुवेसीको ज्ञानगंगा इन्लिस बोर्डिगं स्कुलकी शिक्षिकाको पिटाईबाट बिद्यार्थी घाईते भएकी व्यास १ अम्रेनी घर भएकी ९ बर्षिय बालिका प्रन्जु पौडेल दमौली अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएकी छिन् । टाउकोमा चोट भएका कारण थप उपचारका लागि अन्यत्र अस्पताल लग्ने कि के गर्ने बारेमा परिवारबिच सरसल्लाह भईरहेको बालिकाका बुबा प्रकाश पौडेलले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्