नेकपा एमालेका नेता एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन

  • ख-
  • ख+

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।

बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका पारिवारिक श्रोतले बताएको छ ।

२०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य हुनुभएका नेम्वाङले २०५६ सालबाट निरन्तर इलामबाट संसदीय चुनाव जितिरहनुभएको थियो । २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम- २ विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहनुभएका नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत हुनुभएको थियो ।
कानूनमा स्नातक गरेका नेम्वाङ विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय हुनुभएको थियो । २०५४ सालको छैटौं महाधिवेशनदेखि निरन्तर एमाले केन्द्रीय कमिटीमा रहनुभएका नेम्वाङ २०७१ सालमा भएको नवौं महाधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य र २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष हुनुभएको थियो ।
२००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा जन्मनु भएका नेम्वाङंका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?