शिक्षा विधेयकले ४० हजार राहत शिक्षकहरूलाई घोर अन्याय हुने शिक्षकहरुको भनाई

  • ख-
  • ख+

संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयकप्रति राहत शिक्षकहरूले आपत्ति जनाउनुभएको छ । उहाँहरुले लामो समयदेखि राहत कोटामा मार्फत काम गर्दै आएका ४० हजार शिक्षकमाथि अन्याय भएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

परीक्षाको नाममा फेल गराएर शिक्षकहरूलाई घर पठाउने षड्यन्त्र गर्न लागिएको भन्दै सडक र सदनमा आन्दोलन थालिने नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताउनुभएको छ । ४० हजार राहत शिक्षकहरूलाई घर पठाउने षडयन्त्र भइरहेको र त्यसैका विरुद्धमा आन्दोलनको विकल्प नरहेको उहाँको भनाइ छ ।

विगत लामो समयदेखि सामुदायिक विद्यालयमा राहत शिक्षकहरू कार्यरत रहेको र उहाँहरूको व्यवस्थापनको नाममा घर फिर्ता पठाउने खेल भइरहेको बताउनुभयो । अहिलेको विद्यालय शिक्षा ऐनको विधेयकमा ५० प्रतिशत आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गराउने भन्ने छ ।

बाँकी ५० प्रतिशतलाई खुला प्रतिस्पर्धामार्फत स्थायी गराउने भन्ने प्रस्तावित विधेयकमा छ । ‘यत्रो वर्ष काम गरेका साथीहरूलाई घर पठाउने खेल देखिएको छ । गोल्डेन हेण्डसेक भनेको हामीलाई फेल गराएर घर पठाउने रणनीति हो’ उहाँले भन्नुभयो ।

माग सम्बोधनका लागि सडक र सदन आन्दोलन सँगसँगै अगाडि बढाउने शिक्षकहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्