इरान–इराक युद्ध शुरु भएको दिन सन् १९८० सेप्टेम्वर २२

  • ख-
  • ख+

सन् १९८० मा आजकै दिन सेप्टेम्बर २२० मा इरान र इराकबीच युद्ध सुरू भएको थियो । सीमाका कारण दुई देशबीच लामो समयदेखिको तनाव जारी रहेका बेला इराकले सात्त–अल–अरबको पूर्वी तटीय क्षेत्र नियन्त्रणमा लिने प्रयास गरेपछि युद्ध सुरू भएको थियो ।

युद्धमा दुवैतर्फ निकै ठूलो क्षति पुगेको थियो । युद्धका क्रममा करिब ५० हजार जनाको ज्यान गएको थियो । तीमध्ये आधाभन्दा बढी इरानी थिए । त्यसका साथै दुवै देशमा निकै ठूलो आर्थिक क्षति पुगेको थियो ।

दुई देशबीचको युद्ध आठ वर्षपछि १९८८ को अगष्टमा अन्त्य भएको थियो । दुवै देशले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव स्वीकार गरेपछि युद्ध रोकिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्