६ असोज, काठमाडौं । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ ।

गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा ८ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नगर प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको उनले बताए। उनका अनुसार गएराति काठले बनेको एकघरबाट आगो सल्किएको थियो ।
आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पिआर मल्ल , प्रदीप रावल र पुतली शाहीको घर जलेर नष्ट भएका प्रनाउ थापाले जानकारी दिए।
आगो नियन्त्रणका लागि गमगढी बजारमा वितरण गरेको खानेपानी पाइप लाइनबाट सुरक्षाकर्मीहरुले आगो नियन्त्रण गरेका थिए । यसअघि २०७८ कात्तिक २९ गते गमगढी बजारको तल्लो बजारमा पनि आगलागी हुँदा १९ घर जलेर नष्ट भएका थिए ।
तस्वीर सौजन्य: कविराज कार्कीको फेसबुक

अन्तिम पटक अध्यावधिक गरिएको 75 Viewed

प्रतिक्रिया दिनुहोस्