काठमाडौंमा शिक्षक आन्दोलनमाथि भएको दमनको भत्सर्ना गर्दै राहत शिक्षक गण्डकी प्रदेश

  • ख-
  • ख+

१० असोज । काठमाडौ ।काठमाडौमा भएको शिक्षकहरुको आन्दोलनमा भएको दमनको राहत शिक्षक गण्डकी प्रदेश समितिले घोर भत्सर्ना गरेको छ । राहत शिक्षक गण्डकी प्रदेश समितका अध्यक्ष नरेन्द्र न्यौपानेले आज एक विज्ञप्ति जारि गर्दै समान प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी र पेन्सन बन्चित शिक्षकको आज असोज १० गते बुधबार बानेश्वर काठमाडौंमा भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरि दर्जनौं शिक्षक घाइते भएको कार्य अमानवीय र निन्दनीय छ। सरकारको यो कार्यप्रति नेपाल राहत शिक्षक समिति गण्डकी प्रदेश घोर भत्सना गर्दछौं। घाइते शिक्षकको सिघ्र स्वास्थ लाभको कामना गर्दै देशमा शिक्षकमाथि यस्ता अमानवीय व्यवहार हुन्छन् त्यहाँ शिक्षाको गुणस्तर कसरी माथि उठ्न सक्छ? भन्नुभएको छ । साथै सरकार शिक्षकका मागप्रति गम्भीर बनोस् र कक्षा कोठामा हुनुपर्ने शिक्षकलाई सडकमा आउन बाध्य बनाउने सरकार नै हो भन्नुभएको छ ।

विज्ञप्तिमा न्यौपानेले लाखौं शिक्षक सडकमा आउन नपरोस् यथासिघ्र माग सम्बोधन गर्न सरकारलाई हार्दिक अपिल गर्दछौं भन्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्