दमौलीमा नियम विपरित संचालित २ मेडिकल हल संचालक प्रहरी नियन्त्रणमा

  • ख-
  • ख+

(सांकेतिक तस्विर)

११ असोज । तनहूँ । जिल्ला प्रहरी कार्यालय तनहूँले दमौलीमा मनपर्दी उपचारमा संलग्न क्लिनिक संचालकहरु नियन्त्रणमा लिई सम्मानित अदालतबाट म्याद थप गरेको छ । असोज अधिकार क्षेत्र बाहिर गई बिरामी भर्ना गरी उपचार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय तनहूँ, ब्यास नगरपालिका, स्वास्थ्य कार्यालय तनहूँ,दमौली अस्पताल,उद्योग बाणिज्य संघ तनहूँ, जिल्ला प्रहरी कार्यालय तनहूँ र संचारकर्मी सहितको अनुगमनका क्रममा क्लिनिक दर्ता नगरि चलाएको, बिरामीलाई डेगींका भन्दै चिकित्सकले सिफारिस नगरेको औषधी चलाएको भेटिएपछि २ मेडिकल हल संचालकलाई नियन्त्रणमा लिईएको थियो ।
नियन्त्रणमा लिईएको व्यक्तिहरुमा ब्यास ३ परासरटोल बस्ने बिष्णु कुमारी गरौजा मगर (प्रजुन थापा मेडिकल हल संचालक) ले क्लिनिक दर्ता नगरी फार्मेसीमा बिरामी जाँच गरेको,बिरामीलाई ईन्जेक्सन मार्फत उपचार गराएको भेटिएको थियो । त्यसैगरि कैलाली जिल्ला भजनी नगरपालिका ६ दौनहिया घर भई हाल ब्यास ३ अनसन चौतारी बस्ने चन्द्र बहादुर चौधरी (मित्रता स्वास्थ्य क्लिनिक संचालक) ले पनि क्लिनिकमा डाक्टर नभएको आफै औषधी सिफारिस गरेको, डेङ्गो पोजेटिभ बिरामीहरुलाई ईन्जेक्सन,ट्याबलेट र ईन्टिबायोटिक्सको माध्यमबाट उपचार गराएको भेटिएपछि नियन्णमा लिईएको छ । नियन्त्रण पश्चात निजहरुलाई ईलाज सम्बन्धि कसुरमा सम्मानित तनहूँ जिल्ला अदालतबाट ४ दिन को म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?