स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत फेला, ७ राउन्ड अश्रुग्यास प्रहार

  • ख-
  • ख+

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा बालक मृत भेटिएका छन् ।

नगरपालिका–६ घण्टाघर नजिक रहेको उक्त विद्यालयमा अध्ययनरत ८ वर्षीय बालक मृत भेटिएका हुन् ।
स्कुलमा मृत भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।

उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । उनी शुक्रबार साँझ होस्टेलको खाटमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै विद्यालय र होस्टेल तोडफोड गरेका छन् । कक्षा कोठा र होस्टेलमा रहेका सामानहरु बाहिर ल्याएर जलाइदिएका छन् । घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ ।

मृतक बालकका आफन्तहरुले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा गरेका हुन् । प्रहरीले ७ राउन्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ ।

साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?