डाक्टरमाथि हातपात गरेको आरोपमा २ पक्राउ, केएमसीको स्वास्थ्यकर्मीहरु सडकमा

  • ख-
  • ख+

काठमाडौं । काठमाडौं मेडिकल कलेजका डाक्टर तथा स्वास्थ्यकर्मीहरु सडकमा उत्रिएका छन् ।

अस्पतालका डा. मनिष थापामाथि हातपातको प्रयास भएपछि त्यसको विरोधमा उनीहरुले सडकमा धर्ना दिएका हुन् ।
हातपातको प्रयास गर्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गुल्मी घर भइ काठमाडौं महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी नै घर भइ सिनामंगल बस्ने ३४ वर्षीष सरोज गौतमलाई नियन्त्रणमा लिइएको हो । स्वास्थ्यकर्मीहरु डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि केएमसी सडक अवरुद्ध बनेको छ ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?