काठमाण्डौंमा असोज १८ देखि २१ गते सम्म ”फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३” हुने

  • ख-
  • ख+

१६ असोज / काठमाण्डौं / विशेष रूपमा खाद्य, पेय पदार्थ र आतिथ्यमा केन्द्रित “GAI फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३” नेपालमा सबैभन्दा तीव्र बृद्धिदर भएको यस क्षेत्रको एकमात्र बृहत एक्स्पो हो । हाल खाद्य, पेय पदार्थ , होटेल , रेस्टुरेन्ट , पार्टी प्यालेसहरू का लागि नाफा तथा राजस्व को राम्रो केन्द्र बन्दै गर्दा यिनीहरुको संख्यामा भारी वृद्धि भएको देख्न सकिन्छ। विगत २० वर्ष लाई मात्र नियाल्ने हो भने होटेल,रेस्टुरेन्ट,पार्टी प्यालेसहरू,टेक-अवे फूड आउटलेटहरू, सडक खाना बिक्रेताहरू र किराना पसलहरू हाम्रा वरपर अनगिन्ती खुलेका छन् साथै आगामी एक(दुई वर्षमा ३ देखि ५ तारे श्रेणीका २५ भन्दा बढी होटल सञ्चालनमा आउनेछन्।
सन् २००६ र २०११ को अवधिमा वार्षिक ७.३ प्रतिशत वृद्धिदर का साथ खाद्य तथा पेय पदार्थ उद्योग तिब्र  रूपमा बढेको छ जुन समग्र उत्पादन उद्योगको तुलनामा निकै उच्च हो । नेपालको समग्र अर्थतन्त्र ३ प्रतिशतदेखि ४ प्रतिशतको दरले बढेको बेला एफएमसीजी उद्योग २० प्रतिशतले वृद्धि भएको देखिन्छ जुन  निकै उल्लेखनीय छ । सन् २०१७–१८ मा नेपालले १३ हजार ५५१ करोड बराबरको खाद्य तथा पेय पदार्थ आयात गरेको थियो साथै  रु। ३ अर्ब २० करोड बराबरको निर्यात गरेको थियो । 
यस वर्ष GAI FBH 2023 ले मोबाइल एपलाई व्यावसायिक आगन्तुक प्रवर्द्धनको मुख्य विशेषताको रूपमा प्रस्तुत गरेको छ । मोबाइल एप द्वारा दर्ता ले व्यापार, आगन्तुक प्रवर्द्धनलाई सहज बनाउनेमा आयोजक बिश्वस्त छन् । यस्को प्रयोगले प्रतक्ष्य अप्रतक्ष्य सबै आगन्तुकहरुको पनि डाटा सहजै सङ्कलन हुने भएको छ । यसले गर्दा प्रदर्शकहरूको लागि पनि धेरै सजिलो हुने आयोजक दाबी गर्छन् । 
नेपालमा खाद्य तथा पेय पदार्थ उद्योगको कुल संख्या २५,५०० रहेको छ जसमध्ये २४ हजार ९४० खाद्यान्न उत्पादनमा संलग्न छन् भने बाँकी ५६० पेय पदार्थ उत्पादनमा संलग्न छन् । साथै खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या ९३,८०६ छ जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादन क्षेत्रबाट  र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादन क्षेत्रमा संलग्न छन् ।

GAI FBH 2023 ले लगभग ३०,००० आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ जसमध्ये GAI FBH 2023 ले लगभग १५,००० व्यावसायिक आगन्तुकहरूको अपेक्षा राखेको छ । एक्स्पोमा होटल व्यवसायी, रेस्टुरेन्ट, क्लब , बार, पब, पार्टी(प्यालेस , क्यान्टिन, सुपर(मार्केट, ग्रोसरी मार्ट, किराना पसल, बेकरी, स्न्याक्स उत्पादक, कृषि खाद्य प्रशोधन उत्पादकहरूका मालिक तथा  प्रबन्धकहरूस केटररहरू, शेफहरू, बारटेन्डर र बरिस्टाहरूको सहभागिता बाक्लो रहने छ । यो एक्स्पो खानपिन केन्द्रित भएकोले उपभोक्ताहरूको पनि बाक्लो उपस्थिति रहने आयोजक बताउँछन्  ।
यस मेला मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् साथै गत वर्षको तुलनामा यस वर्ष २५५ ले प्रदर्शकहरुको सङ्ख्या मा पनि वृद्धि रहेको आयोजक बताउनुहुन्छ । मेलामा ५००० उत्पादन  सेवाहरू, २०० कम्पनीहरू रहनेछन् भने १८०० वर्ग मिटरभन्दा माथिका १५० स्टलहरू संचालन हुनेछन् । कार्यक्रममा कम्पनीहरुले आफ्ना उत्पादनहरुको विशेषता, स्किम वा अफर्स, स्वाद आदि को बारेमा विस्तृत  जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको  स्वाद लिन यो एक उत्कृष्ट अवसर हुनेछ । साथै यो कार्यक्रम  खाद्य, पेय र आतिथ्य बारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजक बताऊँछन् । 
आफ्नो ब्यापार व्यवसाय लाई नयाँ उचाईमा पुर्याउन,GAI FBH 2023 प्रभावकारी संचार र विज्ञापन प्लेटफर्म साबित हुनेछ । ३ दिनको एक्सपोमा हजारौं सम्भावित ग्राहकहरूसँग प्रत्यक्ष भेट गराउनेमा आयोजक समिति विश्वस्त छ जुन अरु माध्यम बाट जाँदा वर्षौ लाग्न सक्छ । GAI Food & Beverage and Hospitality 2023 ले प्रत्यक्ष बजारीकरणको प्रभावकारितालाई  स्पष्ट रूपमा परिभाषित र प्रदर्शन गर्दै २०२३ का लागि विगतको भव्यता र वर्तमानको गति कायम राख्ने आयोजकहरुको आशा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्