एउटै सर्पले दिदीबहिनीलाई डस्योः एकको मृत्यु, अर्कोको अवस्था गम्भीर

  • ख-
  • ख+

रूपन्देही । कपिलवस्तुको वाणगंगामा एकै घरका दुई बालिकालाई सर्पले डस्दा एकको मृत्यु भएको छ । अर्को एक जनाको अवस्था गम्भीर रहेको छ ।

वाणगंगा नगरपालिका- ९ भलवाड जिनुवास्थित मोतीलाल क्षेत्रीका छोरीहरु ३ वर्षीय रीतिका र ८ वर्षीय इशिकालाई मंगलबार राति सर्पले डसेको थियो ।

वाणगंगा नगरपालिका- ९ का वडाध्यक्ष कमल पौडेलले गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा बहिनीको मृत्यु भएको र दिदीको अवस्था चिन्ताजनक रहेको बताउनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएका रीतिकाको उपचारको क्रममा मृत्यु अस्पतालका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले जानकारी दिनुभयो । इशिकाको भने भेण्टिलेटरमा राखेर उपचार भइरहेको उहाँले बताउनुभयो ।

एक जनाको कान र अर्कोको हातमा सर्पले डसेको बताइएको छ ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्